FAQs Complain Problems

मालारानी गाउँपालिका, गाउ कार्यपालिका कार्यालय ।

Read More

स्थानीय तह स्व-मूल्याङ्कन (LISA) २०७९/०८०

Read More

मालारानी मन्दिरको सुन्दर दृष्य

Read More

मालारानी गाउँपालिका, सुन्दर दृष्य

Read More

खनदह बजारको सुन्दर तस्विर

Read More

जनगणना २०७८ को वडागत जनसंख्या

Read More

मालारानी गाउँपालिकको संक्षिप्त परिचय

लुम्बिनी प्रदेश अन्तर्गत अर्घाखाँची जिल्लाका ६ वटा स्थानीय तहहरुमध्ये उत्तरपश्चिमपट्टी अवस्थित मालारानी गाउँपालिका पहाडि क्षेत्रमा अवस्थित गाउँपालिका हो । नेपालमा ७५३ स्थानीय तह लागु हुदाँ अर्घाखाँची जिल्लामा साविकका अर्घातोषको (१,६,९), मरेङको (१,६), खन,खनदह,बाँगी,हंसपुर र गोखुङ्गा गाउँ विकास समितिहरुलाई समेटेर मालारानी गाउँपालिका बनाइएको हो । केन्द्रीय तथ्याँक विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ काे रिपाेर्ट अनुसार मालारानी गाउँपालिकाकाे जनसंख्या २४,१५० रहेकाे छ ।  भने यसको क्षेत्रफल १०१.०६ वर्ग किलोमिटर रहेको छ । यस गाउँपालिकाकाे केन्द्र मालारानी-३, खनदह, ढुङ्गाडेमा रहेकाे छ । यस गाउँपालिकालाई ९ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा छत्रदेव गाउँपालिका, पश्चिममा भूमिकास्थान नगरपालिका र प्यूठान जिल्ला, उत्तरमा प्यूठान र गुल्मी जिल्ला तथा दक्षिणमा सन्धिखर्क र भूमिकास्थान नगरपालिकासम्म फैलिएको छ । यस गाउँपालिकालाई पर्यटकीय हिसाबले प्रचुर सम्भावना बोकेको स्थानीय तह मानिन्छ । यहाँ पर्यटकीय क्षेत्रहरु, भौगोलिक, सामाजिक,साँस्कृतिक, एतिहासिक र धार्मिक हिसाबले महत्त्व बोकेका स्थलहरु थुप्रै खालका रहेका छन् । घेराको लेक जिल्लाकै अग्लो चुचुरो जहाबाट उत्तरमा मनोरम हिमाल र पूर्व,पश्चिम र दक्षिणमा फाँटलगायत एतिहासिक तथा धार्मिक स्थलहरु अवलोकन गर्न सकिन्छ । यहि लेकको चुचुरोमा मालारानी मन्दिर छ र यसैको नामबाट गाउँपलिकाको नामकरण गरिएको छ । मालारानी मन्दिर र यसको विशिष्टतका सामाजिक तथा साँस्कृतिक किबदन्तीहरु पाइन्छन् ।

जन प्रतिनिधि

अध्यक्ष
९८५७०६१०७०
उपाध्यक्ष
९८६७१५१८०९
वडा अध्यक्ष /प्रवक्ता
9857029339

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
9857066432
सूचना अधिकारी / कार्यक्रम अधिकृत
९८५७०६१४७२
गुनासो सुन्ने अधिकारी / सब इन्जिनियर
9857023629

जानकारी

सेवाहरु

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- निवेदन पेश गरेको दिन
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- ३५ दिन सम्म निशुल्क सो पश्चात रु. 200
आवश्यक कागजातहरुः-
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- निवेदन पेश गरेको दिन
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- ३५ दिन सम्म निशुल्क सो पश्चात रु. १००
आवश्यक कागजातहरुः-
  • बाबु आमाको नागरिकता
  • बाबु आमा बाहेक अरु सूचक भएमा सुचकको नागरिकता
  • जन्ममिति खुल्ने कुनै कागजात
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन, र्सजमिनको हकमा बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- जानेको हकमा रु. १०००।- आउनेको हकमा रु. ३०० ।-
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
२.बसाई सराई गरी जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालय बसाई सराईको कागजात
३.जहाँ जानेहो त्यस ठाउँको लालपुर्जा र जुन ठाउँमा आउनेको पनि पेश गर्नुपर्ने
४.बसाई सराई गरी अाउनेको हकमा बसाई सराई गरी ल्याएको प्रमाणपत्र
५.जाने-आउने सबै ब्यक्तिको नागरिकता र जन्म दर्ताको प्रतिलिपी

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन, र्सजमिनको हकमा बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क अन्यथा रु १००
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र
२. मृतकको नागरिकता र सूचना दिन आउनेको नागरिकता
३. मृतक सँग सम्बन्ध जोडिने प्रमाणपत्र
४. अविवाहित मृतकको हकमा जन्म दर्ता प्रमाणपत्र
५. मृतकको नागरिकता नभएको हकमा स्थानीय र्सजमिन पत्र
६. सूचना दिने व्यक्तिको नागरिकता नभएमा समेत स्थानीय र्सजमिन पत्र

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन, र्सजमिनको हकमा बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क अन्यथा रु १००
आवश्यक कागजातहरुः-

१.निवेदन पत्र
२. बालकको बाबु/आमाको नागरीकता
३. बाबु आमाको बिवाह दर्ताको प्रमाणपत्र
३.अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालको जन्म प्रमाणित गरेको परिचयपत्रको प्रमाणित प्रतिलिपी

मालारानी गाउँपालिकाको राजपत्र