समाचार
ग्यालरी
मालारानी गाउँपालिकाको आ.व. २०७६।०७७ को वार्षिक समीक्षा र आ.व. २०७७।०७८ को प्रथम चौमासिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । समीक्षा कार्यक्रममा मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण शर्मा आचार्यले विकास निर्माणका काम समयमा सम्पन्न गर्ने गरि अगाडी बढ्न कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । उहाले पालिकावासीले गुनासो सुनाउने ठाउँ नराख्ने गरि काम अगाडी बढाउन निर्देशन दिनुभएको हो ।
आज मिति २०७७।०७।०२ गते देखि औपचारिक रुपमा मालारानी गाउँपालिकाले आफ्नो समग्र पहिचान झल्कने चिन्ह (लोगो) प्रयोगमा ल्याएको छ ।
यसका लागि १८ जना आवेदकका ४५ वटा लोगोहरु प्राप्त भएका थिए, जसमध्ये ३ वटा आवेदकको सर्ट लिस्ट निकाली परिमार्जन गर्ने समय दिँदा २ जना आवेदकको आएको र सो मध्ये एउटाको छनौट ६३ औ कार्यपालिका बैठकले पारित गरी आज २०७७।०७।०२ गते देखि प्रयोगमा ल्याइएको छ ।
यो लोगो तयार पार्ने रेसुङ्गा न.पा. गुल्मी तम्घासका ITA डिजाइनरका इश्वर वि.कलाई बिशेष धन्यवाद ज्ञापन गर्दछौँ ।