समाचार
प्रकाशन
| शिर्षक | आर्थिक वर्ष | मिति | दस्तावेज | 
|---|---|---|---|
| मालारानी बुलेटिन २०७७, बर्ष २, अङ्क ३, श्रावणदेखि कार्तिकसम्म!! | ७७/७८ | 12/28/2020 - 15:38 |  Malarani-Buletine-final-077-78.pdf | 
| आ.व २०७७।०७८ को श्रावण देखि आश्विनसम्मको स्वत: प्रकाशन । | ७७/७८ | 12/11/2020 - 21:15 |  त्रैमासिक स्वतह प्रकाशन २०७७।७८ पुर्ण.pdf | 
| मालारानी बुलेटिन २०७६, बर्ष १, अङ्क १, प्रथम/दोस्रो चौमासिक । | ७७/७८ | 10/06/2020 - 12:50 |  Malarani Buletin 1&2.pdf | 
| कोरोना सम्बन्धी कार्यहरुको बुलेटिन । | ७७/७८ | 10/06/2020 - 12:57 |  Malarani corona Buletine.pdf | 
| स्वत प्रकाशन । | ७७/७८ | 11/02/2020 - 14:29 |  स्वतह प्रकाशन.pdf | 
| सेवाग्राही सन्तुष्टी सर्वेक्षण प्रतिवेदन २०७६।०७७ । | ७७/७८ | 11/23/2020 - 17:08 |  सेवाग्राही सन्तुष्टी सर्वेक्षण.pdf | 
| मालारानी बुलेटिन आ.व.:- २०७६।०७७, बर्ष २, अङ्क १ !! | ७७/७८ | 11/04/2020 - 13:54 |  malarani buletin 076.77_(1).pdf | 
| मालारानी गाउँपालिका, अर्घाखाँचीको कानुन सङ्ग्रह-२०७७ (ऐन, नियम, निर्देशिका, कार्यविधि र मापदण्डहरको संगालो) | ७७/७८ | 10/06/2020 - 12:44 | 
Pages
मालारानी गाउँपालिकको संक्षिप्त परिचय
लुम्बिनी प्रदेश अन्तर्गत अर्घाखाँची जिल्लाका ६ वटा स्थानीय तहहरुमध्ये उत्तरपश्चिमपट्टी अवस्थित मालारानी गाउँपालिका पहाडि क्षेत्रमा अवस्थित गाउँपालिका हो । नेपालमा ७५३ स्थानीय तह लागु हुदाँ अर्घाखाँची जिल्लामा साविकका अर्घातोषको (१,६-९), मरेङको (१-६), खन,खनदह,बाँगी,हंसपुर र गोखुङ्गा गाउँ विकास समितिहरुलाई समेटेर मालारानी गाउँपालिका बनाइएको हो । केन्द्रीय तथ्याँक विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ काे रिपाेर्ट अनुसार मालारानी गाउँपालिकाकाे जनसंख्या २४,१५० रहेकाे छ भने यसको क्षेत्रफल १०१.०६ वर्ग किलोमिटर रहेको छ । यस गाउँपालिकाकाे केन्द्र मालारानी-३, खनदह, ढुङ्गाडेमा रहेकाे छ । यस गाउँपालिकालाई ९ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा छत्रदेव गाउँपालिका, पश्चिममा भूमिकास्थान नगरपालिका र प्यूठान जिल्ला, उत्तरमा प्यूठान र गुल्मी जिल्ला तथा दक्षिणमा सन्धिखर्क र भूमिकास्थान नगरपालिकासम्म फैलिएको छ । यस गाउँपालिकालाई पर्यटकीय हिसाबले प्रचुर सम्भावना बोकेको स्थानीय तह मानिन्छ । यहाँ पर्यटकीय क्षेत्रहरु, भौगोलिक, सामाजिक, साँस्कृतिक, ऐतिहासिक र धार्मिक हिसाबले महत्त्व बोकेका स्थलहरु थुप्रै खालका रहेका छन् । घेराको लेक जिल्लाकै अग्लो चुचुरो जहाँबाट उत्तरमा मनोरम हिमाल र पूर्व, पश्चिम र दक्षिणमा फाँट लगायत ऐतिहासिक तथा धार्मिक स्थलहरु अवलोकन गर्न सकिन्छ । यहि लेकको चुचुरोमा मालारानी मन्दिर छ र यसैको नामबाट गाउँपलिकाको नामकरण गरिएको छ । मालारानी मन्दिर र यसको विशिष्टताका सामाजिक तथा साँस्कृतिक किंबदन्तीहरु पाइन्छन् ।
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                        