समाचार
सार्वजनिक खरिद/बोलपत्र सूचना
शिर्षक | आर्थिक वर्ष | मिति | दस्तावेज |
---|---|---|---|
ठेक्का नं.91,2,3 and 4-CON-Sup-2076।077 सम्बन्धि बोलपत्र आवहानको सुचना-लुम्बिनी दैनिक मा प्रकाशित !!! |
७६/७७ | 10/22/2019 - 13:38 | |
सोताखोला गिद्धपोखरी ईलेक्ट्रिकल लिफ्टिङ बोलपत्र आह्वान सम्बन्धी सूचना !! |
७५/७६ | 05/28/2019 - 12:17 |
![]() |
व्याक हो लोडर खरीद सम्वन्धि आषय पत्र सम्बन्धि सुचना !! |
७५/७६ | 11/15/2018 - 12:01 |
![]() |
संझौता गर्न आउनूहून सम्बन्धि सूचना !! |
७५/७६ | 11/14/2018 - 15:30 |
![]() |
सवारी साधन खरीद सम्बन्धि आषय पत्र सम्बन्धमा !! |
७५/७६ | 11/14/2018 - 15:26 |
![]() |
Pages
मालारानी गाउँपालिकको संक्षिप्त परिचय
लुम्बिनी प्रदेश अन्तर्गत अर्घाखाँची जिल्लाका ६ वटा स्थानीय तहहरुमध्ये उत्तरपश्चिमपट्टी अवस्थित मालारानी गाउँपालिका पहाडि क्षेत्रमा अवस्थित गाउँपालिका हो । नेपालमा ७५३ स्थानीय तह लागु हुदाँ अर्घाखाँची जिल्लामा साविकका अर्घातोषको (१,६,९), मरेङको (१,६), खन,खनदह,बाँगी,हंसपुर र गोखुङ्गा गाउँ विकास समितिहरुलाई समेटेर मालारानी गाउँपालिका बनाइएको हो । केन्द्रीय तथ्याँक विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ काे रिपाेर्ट अनुसार मालारानी गाउँपालिकाकाे जनसंख्या २४,१५० रहेकाे छ । भने यसको क्षेत्रफल १०१.०६ वर्ग किलोमिटर रहेको छ । यस गाउँपालिकाकाे केन्द्र मालारानी-३, खनदह, ढुङ्गाडेमा रहेकाे छ । यस गाउँपालिकालाई ९ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा छत्रदेव गाउँपालिका, पश्चिममा भूमिकास्थान नगरपालिका र प्यूठान जिल्ला, उत्तरमा प्यूठान र गुल्मी जिल्ला तथा दक्षिणमा सन्धिखर्क र भूमिकास्थान नगरपालिकासम्म फैलिएको छ । यस गाउँपालिकालाई पर्यटकीय हिसाबले प्रचुर सम्भावना बोकेको स्थानीय तह मानिन्छ । यहाँ पर्यटकीय क्षेत्रहरु, भौगोलिक, सामाजिक,साँस्कृतिक, एतिहासिक र धार्मिक हिसाबले महत्त्व बोकेका स्थलहरु थुप्रै खालका रहेका छन् । घेराको लेक जिल्लाकै अग्लो चुचुरो जहाबाट उत्तरमा मनोरम हिमाल र पूर्व,पश्चिम र दक्षिणमा फाँटलगायत एतिहासिक तथा धार्मिक स्थलहरु अवलोकन गर्न सकिन्छ । यहि लेकको चुचुरोमा मालारानी मन्दिर छ र यसैको नामबाट गाउँपलिकाको नामकरण गरिएको छ । मालारानी मन्दिर र यसको विशिष्टतका सामाजिक तथा साँस्कृतिक किबदन्तीहरु पाइन्छन् ।