समाचार
मालारानी गाउँपालिकाले आफ्नो पहिचान झल्कने चिन्ह (लोगो) प्रयोगमा ल्याएको छ ।
आज मिति २०७७।०७।०२ गते देखि औपचारिक रुपमा मालारानी गाउँपालिकाले आफ्नो समग्र पहिचान झल्कने चिन्ह (लोगो) प्रयोगमा ल्याएको छ ।
यसका लागि १८ जना आवेदकका ४५ वटा लोगोहरु प्राप्त भएका थिए, जसमध्ये ३ वटा आवेदकको सर्ट लिस्ट निकाली परिमार्जन गर्ने समय दिँदा २ जना आवेदकको आएको र सो मध्ये एउटाको छनौट ६३ औ कार्यपालिका बैठकले पारित गरी आज २०७७।०७।०२ गते देखि प्रयोगमा ल्याइएको छ ।
यो लोगो तयार पार्ने रेसुङ्गा न.पा. गुल्मी तम्घासका ITA डिजाइनरका इश्वर वि.कलाई बिशेष धन्यवाद ज्ञापन गर्दछौँ ।
साथै सर्ट लिष्टमा परिमार्जन गरी पठाउने आर्घाखाँची डिजिटल आर्टसका ढुण्डीराज भुसाल र अन्य सम्पूर्ण सहभागीहरुलाई समेत धन्यवाद ज्ञापन गर्दछौँ ।