FAQs Complain Problems

पूर्व स्वीकृति र कार्यादेश विना प्रकाशन र प्रशारण नगर्ने सम्बन्धी सूचना

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष:

मालारानी गाउँपालिकको संक्षिप्त परिचय

लुम्बिनी प्रदेश अन्तर्गत अर्घाखाँची जिल्लाका ६ वटा स्थानीय तहहरुमध्ये उत्तरपश्चिमपट्टी अवस्थित मालारानी गाउँपालिका पहाडि क्षेत्रमा अवस्थित गाउँपालिका हो । नेपालमा ७५३ स्थानीय तह लागु हुदाँ अर्घाखाँची जिल्लामा साविकका अर्घातोषको (१,६,९), मरेङको (१,६), खन,खनदह,बाँगी,हंसपुर र गोखुङ्गा गाउँ विकास समितिहरुलाई समेटेर मालारानी गाउँपालिका बनाइएको हो । केन्द्रीय तथ्याँक विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ काे रिपाेर्ट अनुसार मालारानी गाउँपालिकाकाे जनसंख्या २४,१५० रहेकाे छ ।  भने यसको क्षेत्रफल १०१.०६ वर्ग किलोमिटर रहेको छ । यस गाउँपालिकाकाे केन्द्र मालारानी-३, खनदह, ढुङ्गाडेमा रहेकाे छ । यस गाउँपालिकालाई ९ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा छत्रदेव गाउँपालिका, पश्चिममा भूमिकास्थान नगरपालिका र प्यूठान जिल्ला, उत्तरमा प्यूठान र गुल्मी जिल्ला तथा दक्षिणमा सन्धिखर्क र भूमिकास्थान नगरपालिकासम्म फैलिएको छ । यस गाउँपालिकालाई पर्यटकीय हिसाबले प्रचुर सम्भावना बोकेको स्थानीय तह मानिन्छ । यहाँ पर्यटकीय क्षेत्रहरु, भौगोलिक, सामाजिक,साँस्कृतिक, एतिहासिक र धार्मिक हिसाबले महत्त्व बोकेका स्थलहरु थुप्रै खालका रहेका छन् । घेराको लेक जिल्लाकै अग्लो चुचुरो जहाबाट उत्तरमा मनोरम हिमाल र पूर्व,पश्चिम र दक्षिणमा फाँटलगायत एतिहासिक तथा धार्मिक स्थलहरु अवलोकन गर्न सकिन्छ । यहि लेकको चुचुरोमा मालारानी मन्दिर छ र यसैको नामबाट गाउँपलिकाको नामकरण गरिएको छ । मालारानी मन्दिर र यसको विशिष्टतका सामाजिक तथा साँस्कृतिक किबदन्तीहरु पाइन्छन् ।