FAQs Complain Problems

मालारानी गाउँपालिका हार्दिक स्वागत गर्दछ ।

लुम्बिनी प्रदेश  अन्तर्गत अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका पहाडी क्षेत्रमा अवस्थित गाउँपालिका हो । नेपालमा ७५३ स्थानीय तह लागू हुँदा अर्घाखाँची जिल्लामा साविकका अर्घातोषको (१,६-९), मरेङको (१-६), खन, खनदह, बाँगी, हंशपूर र गोखुङ्गा गाउँ विकास समितिहरुलाई समेटेर मालारानी गाउँपालिका बनाइएको हो । मालारानी गाउँपालिकाको कूल जनसंख्या २८,०४४ रहेको छ । यसको क्षेत्रफल १०१.०६ बर्ग किलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको खनदह अन्तर्गत खनदह बजारमा रहेको छ । यस गाउँपालिकालाई ९ वडामा बिभाजन गरिएको छ । 

यस गाउँपालिकाको सिमाना पूर्वमा छत्रदेव गाउँपालिका, पश्चिममा भूमिकास्थान नगरपालिका र प्यूठान जिल्ला, उत्तरमा प्युठान र गुल्मी जिल्ला तथा दक्षिणमा सन्धिखर्क र भूमिकास्थान नगरपालिका सम्म फैलिएको छ । यस मालारानी गाउँपालिकालाई पर्यटकीय हिसाबले सम्भावना बोकेको स्थानीय तह मानिन्छ ।

१) भौगोलिक विवरण प्रदेश : ५ नं. जिल्ला : अर्घाखाँची निर्वाचनक्षेत्र : प्रतिनिधिसभा १ र प्रदेशसभा २ क्षेत्रफल : १०१.०६ वर्ग किलोमिटर केन्द्र : वडा नं. ३, खनदह वडा संख्या : ९ आक्षांश : २८o )३' ३०.९" उत्तरीआक्षांश देशान्तर : ८३o ०७' २८.९" पूर्वीदेशान्तर उच्च स्थानहरू : जालकाँडा – १९५० मि., घेरालेक (मालारानी) – २३०० मि., लोहरीलेक– : २१०० मि., सिमेदेउराली– २३५०मि. तापक्रम : गर्मीयाम– २४.९५ डिग्री, जाडोयाम– ६.०३ डिग्री, औसत १५.४९ डिग्री र औसत वर्षा– १२०० मि.लि. भूउपयोग : खेत–६८३, पाखो–४९६६, वनजंगल–२०५७, नदीनाला–१७१० र गुठी–३९१ गरी जम्मा–९८०७ हेक्टर २) जनसङ्ख्यात्मक विवरण कुल जनसंख्या : २८,०४४ जना (महिला : १६१७५ जना, पुरुष : ११८६९जना) धर्म : हिन्दु, बौद्ध, इस्लाम, क्रिश्चियन, प्रकृतिपुजक। जनघनत्व : २७७.४९ औषत परिवार संख्या : ४.०८ जना साक्षरता स्थिति : महिला – ६५.७९%, पुरुष– ८१.७६% र जम्मा – ७२.५९% भाषागत स्थिति : नेपाली – २७,९७२ (९९.९४%), नेवारी – ५९ (०.२१%) र अन्य १३ (०.०५%) जातजातिको स्थिति : ब्राहमण – ९९६१, क्षेत्री – ७१३२, बि.क. – ४३९२, मगर – ३६६७, नेपाली – १५३०, परियार– ७६६, नेवार – ३१२, घर्ती÷भुजेल – ७०, दशनामी÷सन्यासी – ५०, गुरुङ् – २१, ठकुरी – १९ र अन्य – ८४ जना। आर्थिकरुपले सक्रिय जनसंख्या : ० –१४ वर्ष सम्मको १०,७८३ जना, १५ – ५९वर्ष सम्मको १४,१३५ जना र ६० वर्ष माथीको ३,१२६ जना ३) ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पर्यटकीय स्थलहरू १. मालारानी मन्दिर, घेरालेक २. नरसिंहस्थान, नरसिंहदेवि, ५२ हात अग्लो र ५२ हात फराकिलो शिला, बामरुक ३. जालकाँडा क्षेत्र, सिद्धबाबास्थान, भागिरथी मन्दिर, गुफा क्षेत्र, खन ४. घेराको लेक, दारेघोडा र काम्लेचौर मन्दिर खनदह ५. सिमे देउराली, हिलेकाचौर, महादेव मन्दिर, गोखुङ्गा ६. रागामारे भगवती मन्दिर, हंसपुरकोट, हंसपुर ७. देउराली तथा महादेव मन्दिर बाँगी ८. छहरामाईं क्षेत्र ९. लोहोरीको लेक, शिवालय मन्दिर, रतनमारे, वडा नं. ६ १०. ३ सल्ली भगवती मन्दिर, शिवालय, कोदाले खोला छहरा, वडा नं. २ ११. भण्डारथुम भगवती मन्दिर, खेलमैदान, छेडाका ठाँठी १३. सिद्धबाबा आश्रम, दारेघोडा, खनदह १४. सौतामारे, अर्घाखाँची, गुल्मी र प्यूठानको संगमस्थल ४) मुख्य बजार क्षेत्र १. छेडाका ठाँठी, चौरी – वडा नं. १ २. डाँडाकटेरी, गहतेरा, लामापोखरा – वडा नं. २ ३. खनदह, अधेरीपोखरी – वडा नं. ३ ४. लुटीपोखरी, देउराली, – वडा नं. ४ ५. भण्डार, गुराँसे, आरूखोर – वडा नं. ५ ६. रतनमारे, लोहरी, मेहलपानी, सौतामारे – वडा नं. ६ ७. टिमुरे, बामरूक – वडा नं. ७ ८. कमेर पानी, मूल – वडा नं. ८ ९. गोखुङ्गा, सिमेदेउराली – वडा नं. ९ ५) वास योजनाका लागि घरधुरी सर्वेक्षण, २०७७ संख्या : महिला – २०,८५३ र पुरुष – १८,९७५ गरीज म्मा – ३९,८२८ जना। घरधुरी : दलित – १७९६, जनजाति – १०२४ र अन्य ४५६६ गरी जम्मा – ७३८६। ———————————————————————————————————————————————————————— विभिन्न तथ्याङ्क श्रोत : राष्ट्रिय जनगणना प्रतिवेदन, २०६८, मालारानी गा.पा. पाश्र्वचित्र, २०७४।

 

वडाध्यक्ष विवरण

वाड नामथर फोन नं
बालकृष्ण आचार्य ९८४७३९८७३८
विष्णु प्रसाद भुसाल ९८५७०६११८३
शोभाखर खनाल ९८५७०६३४५४
बिष्णु प्रसाद पोखरेल ९८४७०३३४८८
शोभाकर भुसाल ९८५७०२९०४३
नारायण प्रसाद अर्याल ९८५७०६३२६४
खड्क प्रसाद भुसाल ९८४७१०८३५९
नरेन्द्र प्रसाद बस्नेत ९८५७०३३७५१
फन बहादुर पुन मगर ९८४७४१११४७

 

मालारानी गाउ कार्यपालिकाको कार्यालयबाट दैनिक रूपमा प्रवाह गरिने सेवाहरू

१) गाउँसभाबाट स्वीकृत तथाप्रदेश र संघीय सरकारबाट तोकिएका योजनाकाउपभोक्ता समितिहरूसँग सम्झौता ।

२) सम्पन्न विभिन्न योजना तथा कार्यक्रमहरूको अन्तिम तथा बहुवर्षिय योजनाहरूको क्रमागत भुक्तानी ।

३) प्राकृतिक तथा अन्यविपद प्रकोपको राहत, विपन्न आर्थिक सहायता र संस्थागत अनुदान सहयोग ।

४) कृषि एवम् पशु सेवासँग सम्बन्धी प्रविधि (यन्त्र, उपकरण आदि) हस्तान्तरण, आवश्यक परामर्श तथा सिफारिस ।

५) जेष्ठ नागरिक, अपाङ्गता, एकलमहिला परिचयपत्र वितरण र गैरसरकारी संस्थादर्ता तथा नविकरण सिफारिस ।

६) आदिवासी, जनजाति, दलितवर्ग, अल्पसंख्यक, पिछडा वर्ग, व्यक्तिगत घटना दर्ता (कन्सुलर) आदि प्रमाणित ।

७) उद्योग, व्यवशाय, घरजग्गा, निजी शिक्षण संस्था आदि दर्ता तथा ‘घ’ वर्गको ठेक्का इजाजत र नविकरण ।

८) न्यायिक सेवा सम्बन्धी विभिन्न क्षेत्रका जाहेरी निवेदनदर्ता, प्रतिउत्तर, मेलमिलापतथा निरुपण ।

९) सबै तहका सरकारबाट स्वीकृत भई तोकिएका योजनाहरूको लागत अनुमान तथा मूल्याङ्कन र अनुगमन ।

१०) सूचिकृत गम्भिर प्रकृतिका रोगहरूको उपचारमा सहुलियतका लागि विपन्न प्रमाणित तथा सिफारिस ।

११) विभिन्न स्थानमा फरक फरक सेवा, सुविधाका लागि माग गरिएका निकायगत सिफारिसहरू ।

१२) विद्यालयगत खर्चको माग सङ्कलन र निकासा तथा शैक्षिक कार्यक्रमहरूको समन्वय र आवश्यक सिफारिस ।

१३) सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने व्यक्तिहरूको अभिलेख अद्यावधिक तथा आवश्यक रकम निकासा ।

१४) खानेपानी तथा सरसफाई सम्बन्धी विवरण सङ्कलन, अद्यावधिक तथा आवश्यक परामर्श र सिफारिस ।

१५) पुनःनिर्माण सम्बन्धी अनुगमन, विवरण अद्यावधिक तथा आवश्यक परामर्श र भुक्तानीका लागि सिफारिस ।

१६) बेरोजगार व्यक्तिहरूको अभिलेख अद्यावधिक तथा तोकिएका योजना कार्यक्रमहरूको समन्वय र सहजिकरण ।

मालारानी गाउँपालिकको संक्षिप्त परिचय

लुम्बिनी प्रदेश अन्तर्गत अर्घाखाँची जिल्लाका ६ वटा स्थानीय तहहरुमध्ये उत्तरपश्चिमपट्टी अवस्थित मालारानी गाउँपालिका पहाडि क्षेत्रमा अवस्थित गाउँपालिका हो । नेपालमा ७५३ स्थानीय तह लागु हुदाँ अर्घाखाँची जिल्लामा साविकका अर्घातोषको (१,६,९), मरेङको (१,६), खन,खनदह,बाँगी,हंसपुर र गोखुङ्गा गाउँ विकास समितिहरुलाई समेटेर मालारानी गाउँपालिका बनाइएको हो । केन्द्रीय तथ्याँक विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ काे रिपाेर्ट अनुसार मालारानी गाउँपालिकाकाे जनसंख्या २४,१५० रहेकाे छ ।  भने यसको क्षेत्रफल १०१.०६ वर्ग किलोमिटर रहेको छ । यस गाउँपालिकाकाे केन्द्र मालारानी-३, खनदह, ढुङ्गाडेमा रहेकाे छ । यस गाउँपालिकालाई ९ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा छत्रदेव गाउँपालिका, पश्चिममा भूमिकास्थान नगरपालिका र प्यूठान जिल्ला, उत्तरमा प्यूठान र गुल्मी जिल्ला तथा दक्षिणमा सन्धिखर्क र भूमिकास्थान नगरपालिकासम्म फैलिएको छ । यस गाउँपालिकालाई पर्यटकीय हिसाबले प्रचुर सम्भावना बोकेको स्थानीय तह मानिन्छ । यहाँ पर्यटकीय क्षेत्रहरु, भौगोलिक, सामाजिक,साँस्कृतिक, एतिहासिक र धार्मिक हिसाबले महत्त्व बोकेका स्थलहरु थुप्रै खालका रहेका छन् । घेराको लेक जिल्लाकै अग्लो चुचुरो जहाबाट उत्तरमा मनोरम हिमाल र पूर्व,पश्चिम र दक्षिणमा फाँटलगायत एतिहासिक तथा धार्मिक स्थलहरु अवलोकन गर्न सकिन्छ । यहि लेकको चुचुरोमा मालारानी मन्दिर छ र यसैको नामबाट गाउँपलिकाको नामकरण गरिएको छ । मालारानी मन्दिर र यसको विशिष्टतका सामाजिक तथा साँस्कृतिक किबदन्तीहरु पाइन्छन् ।